नेभिगेशन
समाचार

कपनमा खहरेको समस्या २ वर्ष भित्र समाधान गर्ने गगनको प्रतिवद्धता

काठमाडौँ–काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या २ वर्ष भित्र समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफू निर्वाचित भएको २ वर्षभित्र खहरेको समस्या नभए पुनः मत माग्न नआउने जनाए । बुढानीलकण्ठ–१० मा शुक्रबार घरदैलो कार्यक्रममा कांग्रेस महामन्त्री समेत रहेका उनले भने, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको बीचमा मत माग्न आउँदैनौं ।’ घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित आफू मत माग्न आएको उनले बताए । कपन क्षेत्रको बाढीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका थिए । उनको प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेको छ । कपन क्षेत्रको डुवान नियन्त्रणका लागि अघिल्लो महिना पुनः टेण्डर खुलेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार