नेभिगेशन
समाचार

संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएको छ ।

लोकतान्त्रिक-वाम गठबन्धन काठमाडौँ क्षेत्र नं.१ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए।

‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु’, उनले भने।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताए। गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको भनाइ छ।

काठमाडौँ क्षेत्र नं.१ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रदेशसभा (१) मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा (२) मा सुरजचन्द्र लामिछाने उम्मेदवार बनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार