नेभिगेशन
समाचार

गलत काम गर्ने पुराना नेताको ऐंठन हुन्छ : राजेन्द्र लिङ्देन

कास्की–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको चर्चा चुनावमा मात्रै हुने गरेको टिप्पणी गरेका छन् । कास्कीमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सुकुम्बासी समस्या र नागरिकता विधेयक चुनावी एजेन्डामात्रै हुँदै आएको टिप्पणी गरे । ‘बहुदलीय व्यवस्था आएपछि कांग्रेस सरकारमा छ तर, सुकुम्बासी समस्या र नागरिकताको समस्या समाधान किन हुँदैन ?’, उनले प्रश्न गरे । आफूले आरोप प्रत्यारोप नलगाउने भन्दै पुराना नेताले गर्दै आएको गलत कामले ऐंठन हुने उनले बताए । ‘कांग्रेसले फेरि चुनाव जित्यो भने, अरू पार्टी जोडेर सरकार गठन भयो भने पुनः शेरबहादुर देउवा नै छैठौं पटक प्रधानमन्त्री हुनेछन् । अरू मान्छे खै ? पटकपटक मौका पाउँदा कसैले पनि एउटा सम्झनयोग्य काम गरेनन् । जुन नेता बोकेका छौं तिनैको गलत कामले ऐंठन हुन्छ’, अध्यक्ष लिङ्देनले भने । देश बचाउने एजेन्डा राप्रपाले ल्याएको र देशको हित चाहनेले हलोमा भोट हाल्नुपर्ने उनले बताए । ‘अहिले देश बचाउने एजेन्डा राप्रपाले ल्याएको छ । हलो चिह्न सबैको साझा हो’उनले दाबी गर्दै भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार