नेभिगेशन
समाचार

सञ्चारकर्मीलाई थपलियाको आग्रह, ‘मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार लेख्नुस्’

काठमाडौँ - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सञ्चारकर्मीहरुलाई मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न आग्रह गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएको हो ।

आयोगले मंसिर २५ गते दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवम् सुरक्षा प्रबन्धका विषयमा सूक्ष्म रुपमा रिपोर्टिङ गर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेका रहेकाले मंसिर १ गते साँझसम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार