नेभिगेशन
समाचार

एमाले एक्लै छ भन्नेलाई देखाउन जसपा र राप्रपासँग तालमेल : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै छ भन्नेलाई देखाउनको लागि जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरेको बताएका छन्। शुक्रबार धरानको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लै नरहेको प्रमाणितका लागि तालमेल गरिएको बताएका हुन्।

सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि आफूले तालमेल गरेर एमाले एक्लै नरहेको देखाइ दिएको ओलीले बताए । ‘कांग्रेस र माओवादीले एमाले एक्लै छ एक्लै छ भनेपछि त्यसो होइन भनेर देखाउनका निम्ति विदेशीको इशारामा नचल्ने पार्टीसँग हामीले तालमेल गर्‍यौं,’ ओलीले भने।

गठबन्धनमा रहेका हुँडारहरूको जत्थाले चारतिरबाट सिध्याउन खोजे तर एमाले सिधिन्नेवाला नभएको ओलीले बताए ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको उनले बताए। एमालेसँगको सहकार्यपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार