नेभिगेशन
समाचार

विकास निर्माण र समृद्धिलाई गति दिन कांग्रेस-माओवादी गठबन्धन : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र समृद्धिलाई गति दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्न परेको बताएका छन्।

प्रचण्ड गोरखा-२ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका प्रचण्डले आज गोरखको कार्यक्रलाई सम्बोधन गर्दै यस्तो बताएको हो ।

उनले विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहेको र कांग्रेस-माओवादी मिल्दा समृद्धिले गति पाउने बताए।

‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ प्रचण्डले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार