नेभिगेशन
समाचार

राप्रपाको चुनावी अभियानमा सहभागी हुन नेपाल फर्कदै छुः मनिषा कोइराला

काठमाडौँ– अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन केही समय निकालेर नेपाल फर्कने बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत युवा, गतिशिल र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको र उनलाई चुनावी अभियानमा सघाउन नेपाल आउन लागेको जानकारी दिइन् । कोइराला नेपालमात्र मात्र नभएर भारतमा पनि चर्चित अभिनेत्रीका रुपमा स्थापित भइसकेकी छन् । उनले भनेकी छन्,‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त कार्यक्रमबाट केही समय निकालेर घर फर्कदै छु । राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको उनको बुझाइले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञहरू भन्दा माथि राख्छ।’ उनले आफ्नो राजनीति बीपीबाट प्रेरित भएको भन्दै देशलाई संरक्षकको रुपमा राजतत्न्त्र र राष्ट्रबादी पार्टी चाहिने बताइन् । उनले राप्रपामा भोट गरी जिताउन समेत सम्पूर्ण नेपालीलाई आग्रह गरिन् ‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित भएको छु । देशलाई यसको संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ। प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत र राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । हामीले यसलाई ठीक गर्न आवश्यक छ। म धेरै क्षेत्र घुम्न नसक्ने हुन सक्छु तर कृपया राप्रपालाई भोट गरी जित सुनिश्चित गरिदिनुहुन सम्पूर्ण नेपालीहरुमा मेरो अपिल छ । जय नेपाल’ उनले भनेकी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार