नेभिगेशन
समाचार

काठमाडौँलाई हरित अर्थतन्त्रका रुपमा विकास गर्छौँः मानुषी भट्टराई

काठमाडौँ–काठमाडौँ निर्वाचन क्षेत्र नं। ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराईले काठमाडौँ उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताएकी छन् । आज पत्रकारसँगको अन्तक्रियामा उनले आफू निर्वाचित भए काठमाडौँको मौलिकता जोगाउँदै विकासका योजना तयार गर्ने बताइन् । हाल देखिएको खानेपानीको सङ्कट समाधान गर्दै पानी पुनःभरण (वाटर रिसाइकल) गर्ने परम्परागत प्रणालीलाई अपनाउने उहाँको प्रतिबद्धता व्यक्त गरिन्। आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि आफूले संसदमा आवाज उठाउने भन्दै उनलेआफ्नो थातथलोबाट बिस्तापित नेवार समूदायलाई आवासको अधिकार दिलाउने दाबी गरिन् । काठमाडौँ क्षेत्र नं। ७ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार वसन्त प्रसाद मानन्धरले आदिवासी जनजातिको मातृभाषालाई बागमती प्रदेशभित्र संस्थागत गर्ने बताइन् । उनले विगतमा पनि यसका लागि आफूले पहल कदमी लिँदै आएको भन्दै नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको प्रशासनिक भाषा बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार