नेभिगेशन
समाचार

गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन देउवाको आह्वान (अपिलपत्रसहित)

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । बिहीबार अपील जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताएका हुन् । ‘अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् । साथै उनले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गरेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार