नेभिगेशन
समाचार

मोरङ ३ (१) मा कांग्रेसका मानबहादुरले दर्ता गराए मनोनयन

विराटनगर–मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ बेलबारी–८ का लिम्बु कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । सो क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नया उम्मेदवारको मनोनयनका लागि आज समय दिएको थियो । लिम्बुले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बुले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार