नेभिगेशन
समाचार

मंसिर ४ राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसर : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह गरेको छन्।

३ दशकदेखि बहुदलीय व्यवस्था आएपछि तीनै पार्टी र नेताहरुको बन्दकमा देश परेको आरोप लगाए। अहिले पनि पुरानै अनुहार अघि आएको बताए।

कांग्रेस र कम्युनिष्ट पार्टीले देश अरबियनको नोकर उत्पादन थलो बनाएको टिप्पणी गरे। ३ दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार