नेभिगेशन
समाचार

‘नो, नट अगेन’सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश मल्ल र माथेमाले गर्दै

काठमाडौँ–सर्वाेच्च अदालतमा दायर ‘नो, नट अगेन’सम्बन्धी रिटमा अन्तिरम आदेशसम्बन्धी छलफलका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी रहेको छ । रिटमा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध जारी गरेको विज्ञप्तिको तत्काल कार्यन्वयन नगर्नु भन्दै अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । बिहीबार बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा आदेश आउने छ । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले ‘नो, नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी गरेको व्यवस्थाविपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार