नेभिगेशन
समाचार

मोरङ–३ (क) मा कांग्रेसबाट मानबहादुर प्रस्तावित

विराटनगर–मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसले बेलबारी ८ का मानबहादुर लिम्बुलाई टिकट दिने तयारी गरेको छ । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । सो क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको छ । नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको बताए । लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । थापालाई निमोनिया भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार