नेभिगेशन
समाचार

काठमाडाैँ १ मा किरण पौडेललाई पच्छ्याउँदा (फाेटाे फिचर)

काठमाडौँ – किरण पौडेल नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार हुन् । अहिले उनी जनताको घर दैलोमा छन् । घरघरमा पुगेर उनले जनताका समस्या सुन्ने र ती समस्याहरूलाई हल गर्न पहल गर्ने आश्वासन दिइरहेका छन् ।   यसअघि लगातार तीन पटक यस क्षेत्रबाट निर्वाचन जितेका प्रकाशमान सिंहले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै पौडेल आफूले बाँकी रहेका सम्पूर्ण काम गर्ने बताइरहेका छन् । उनी जनताको पार्टी, जनताको समस्या बुझ्ने र समस्याको समाधान गर्ने क्षमता भएको पार्टी नेकपा एमाले मात्र हो भन्दै आफूलाई मतदान गर्न अनुरोध गरिरहेका छन् ।   नेपाली काँग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पनि यही क्षेत्रबाट निर्वाचन लड्दै छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुकार बम, सुशासन पार्टीको तर्फबाट रमेश खरेल पनि यही क्षेत्रबाट निर्वाचनमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार