नेभिगेशन
समाचार

केपी ओली बौलाएर हिडेको छ : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अहिले बौलाएर हिडेको टिप्पणी गरेका छन् । उनले ओलीले आफूलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका हुन्।

आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको बताए।

उनले भने, ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर। टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन्। बरबराएको होकी उटपटयाङ कुरा गर्छन। त्यो सबै संग्रह निकाल्न पर्यो केके बोल्यो सुरुदेखि अहिलेसम्म केके गाली गलौजको भाषाहरु बोलेको छ। उनका कुराहरु भनेको आक्रोशले भरिएको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार