नेभिगेशन
समाचार

जनताको घरदैलोमा एमालेका उम्मेदवार रामप्रसाद अमगाईं

काठमाडौँ - काठमाडौँ प्रतिनिधिसभा क्षेत्रनम्बर १ को प्रदेशसभा ‘१’को एमालेको तर्फबाट प्रत्यक्ष तर्फको उम्मेदवार रामप्रसाद अमगाईं जनातको घरमा भोट माग्दै घरदैलो गरिहरका छन् । प्रतिनिधिसभामा एमालेको युवा नेता किरण पौडेल उम्मेदवार छन् ।

काठमाडौँ १ मा अहिले कांग्रेस नेता प्रकाशमान सिंह, राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, पूर्वएआइजी रमेश खरेललगायत प्रतिस्पर्धामा छन् । पटक–पटक यस क्षेत्रबाट निर्वाविचत सिंहलाई यो निर्वाचनमा पराजित राएर आफूहरुले बाजी मार्ने ध्याउन्नमा अन्य उम्मेदवार लागेका छन् ।

त्यस्तै अमगाईं पनि यो पटक प्रदेशसभामा बाजी मार्ने लक्ष्यमा छन् । उनले सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवा नेता तथा बागमती प्रेदशका मन्त्री दिपेन्द्र श्रेष्ठसँग प्रतिस्पर्धा गर्नु पर्ने छन् । दिपेन्द्र २०७४ सालमा कांग्रेस एक्लै निर्वाचन लड्दा पनि निर्वाचित भएका सांसद हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार