स्पेनिस ला लिगामा बार्सिलोनाको ५ अंकको अग्रता

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी- एक शून्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा ५ अंकको अग्रता बनाएको छ । मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २-१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकको अग्रता लिएको हो ।

बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस अघि खेलको छैटौं मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए ।

खेलको ३१औं मिनेटमा स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । खेल अघि अघिल्लो हप्ता संन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो । जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । ओसासुना १४ खेलबाट २३ अंक सहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२८
प्रतिक्रिया दिनुहोस्