नेभिगेशन
समाचार

कैलालीमा जगदिशलाई नागरिक उन्मुक्तिको समर्थन

काठमाडौँ - कैलाली क्षेत्र नम्बर ५ स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ । आफ्नो उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई समर्थन गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका चोधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीले आफ्नो आधिकारिक उम्मेदवारको उम्मेदवारी खारेज भएपछि चोधरीलाई समर्थन गर्नु परेको बताएको छ ।

‘हाम्रो पार्टीका उम्मेदवार लक्ष्मण थारु जीको उम्मेदवारी खारेज गरिएपछि पार्टीले आधिकारीक रुपमा निर्णय गर्दै स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गर्ने भएको हो,’ नागरिक उन्मुक्ति पार्टीले भनेको छ ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए। तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार