नेभिगेशन
समाचार

किरण पौडेललाई जिताउन ओली पुगे त्रिपुरेश्वरको महादेव मन्दिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर पुगेका छन् । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेललाई भोट माग्न ओली महादेव मन्दिर पुगेको एमालेले जनाएको छ ।

ओलीको सचिवालयका अनुसार काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको हो । उनको सचिवालयले जनाएको छ। उनले मन्दिरमा दर्शन गरेर प्रसाद ग्रहण गरेका छन् ।

‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएको छ, किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर आउनु भएको हो,’ पौडेल निकट स्रोतले भन्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार