नेभिगेशन
समाचार

आजबाट सन्दीपमाथि थुनछेक बहस

काठमाडौं । नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा परेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुनेछ।

हिजो (मङ्गलबार) बयान सकिएपछि आज(बुधवार)देखि थुनछेक बहस सुरु हुन लागेको हो। सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय साथै पीडितलाई क्षतिपूर्ती भराउन माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारी लगायतले बहस गर्दैछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार