नेभिगेशन
समाचार

मकवानपुरमा चेपाङको समर्थन बानियाँलाई

हेटौंडा - नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले उम्मेदवारी निष्क्रिय गरेका छन् । उनले पत्रकार सम्मेलन गरेर कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार बनेका बाँनियाँलाई समर्थन गर्ने घोषणा गर्दै आफ्नो उम्मेदवारीलाई निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमार्फत् मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधि सभा-२ को प्रदेशसभा (२) मा लोकतान्त्रिक(वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु।’

नेकपा माओवादी केन्द्रका नेता चेपाङले सत्तारुढ दलहरुले उम्मेद्वारका सम्बन्धमा गरेको सहमतिमा चित्त नबुझेको भन्दै मकवानपुर-२ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार