डडेल्धुरामा देउवा : ४ दिनमा ७ ठाउँमा सम्बोधन

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुहजिल्ला डडेल्धुरामा चुनावीसभालाई सम्बोधन गर्ने तालिका बनाएका छन् । उनले गृहजिल्लाको ७ ठाउँमा चुनावीसभालाई सम्बोधन गर्ने तालिका रेहको छ ।

डडेल्धुरोको ७ ठाउँमा हुने सभाका लागि देउवा ४ दिन जिल्ला बस्ने भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका ७ पालिकामा हुने चुनावीसभालाई सम्बोधन गर्नेछन्।

देउवा ४ दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौँ फर्किने तालिका रहेको छ। देउवाले कात्तिक १७ गते डडेल्धुराको सदरमुकामस्थित अमरगढी बसपार्कमा आयोजितसभालाई सम्बोधन गर्नेछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्