नेभिगेशन
समाचार

नवलपरासीमा माओवादीका २ उम्मेदवारको उम्मेदवारी निष्क्रिय

काठमाडौँ - नेकपा माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवारी दिएका नवलपरासी क्षेत्र नम्बर १ को प्रनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका २ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । प्रतिनिधिसभाको उम्मेदवार सीता बौडेल र प्रदेशसभाको उम्मेदवार चन्द्रकान्त ढकालले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

उनीहरुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि उम्मेदवारको समर्थनका बारेमा भने मौन बसको छन्। विज्ञप्तिमा उनीहरुले गठबन्धन विपरीत कांग्रेसले अनाधिकृत रुपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाव दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दिनु परेको बताएका छन्।

नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन्। ढकाल पार्टीका प्रदेश परिषद् सदस्य हुन्।

सत्तागठबन्धनले सो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा नेपाली कांग्रेस र प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रलाई बाँडफाँड गरेर सिट दिएको थियो। तर सहमतिविपरीत प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका देवकरण जयसवालले उम्मेदवारी दिएपछि उनीहरुले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए। जयसवालले रुख चिन्हबाटै उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार