न्यायाधिश चुडालको इजालासमा कार्की र ‘नो नट अगेन’को रिट

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ - ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्की र समाजिक सञ्जालमा पछिल्लो समय सक्रिय गु्रप ‘नो नट अगेन’को रिट न्यायाधीश कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुने भएको छ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डाक्टर कार्की र आफ्नो गु्रपबाट उम्मेदवारहरु विरुद्धको प्रचारलाई रोक्न आयोगको आग्रहमा फेसबुकले ग्रुपलाई निष्कृय बनाइीदएपछि उनीहरुले हालेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट र डा.कार्कीको रिट दुबै आज चुडालको इजालाशमा सुनुवाइ हुँदै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधिसभा उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

‘नो, नट अगेन क्याम्पियन चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्