चितवनको संवेदनशील मतदान स्थलको सुरक्षा जिम्मा सेनालाई

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ । चितवन जिल्लाका संवेदनशील मदतान स्थलको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणलाई सुरक्षाको जिम्मा दिइएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनालाई दिइएको हो । कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको छ। महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ।

केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा सेनाले गस्ती बढाएको छ। सेनाले नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको हो ।

निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको छ। मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्