नेभिगेशन
जीवनयापन

भाइ मसलामा पाइन्छन् यति धेरै पौष्टिक तत्त्व

काठमाडाैँ –  आज तिहार अन्तर्गतको मुख्य दिन भाइटिका । दिदीबहिनीले दाजुभाइलाई भाइटिका लगाइसकेपछि सगुनका रूपमा ड्राइ फ्रुट्सलाई भाइ मसलाको रूपमा दिने गर्दछन् । खास गरी काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, सुपारी, मखना लगायत मसलाहरू भाइ मसलाका रूपमा प्रयोग गरिन्छ । दाजुभाइलाई दिइने यस्ता मसलाहरू स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरूको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा निकै सहयोग पुग्छ । साथै रोग निरोधक क्षमता पनि बढ्छ । यस अलावा भाइ मसलाका अन्य धेरै फाइदाहरू छन् ः – बदाम २८ ग्राम बदाममा फाइबर ३.५ ग्राम, प्रोटिन ६ ग्राम, चिल्लो पदार्थ १४ ग्राम हुन्छ । यसबाहेक भिटामिन ई, म्याग्नेसियमजस्ता पोषक तत्त्व पनि पाइन्छ । त्यति बदामले १६१ क्यालोरी शक्ति प्राप्त हुन्छ भने २.५ ग्राम पाचन योग्य कार्बोहाइड्रेड पाइन्छ । – छोगडा छोगडा म्याग्नेसियम, क्याल्सियम, फलाम र पोटासियम पाइन्छ । एउटा औसत आकारको छोगडाबाट २० क्यालोरी शक्ति प्राप्त हुन्छ । यसबाहेक ०.०३ ग्राम चिल्लो, ५.३३ ग्राम कार्बोहाइड्रेड, ०.६ ग्राम फाइबर, ४.५ ग्राम चिनी, ०.१७ ग्राम प्रोटिन, ०.०१२ मिलिग्राम भिटामिन बी, आइरन ०.०७ मिलिग्राम, म्याग्नेसियम, ३ एमजी मिलिग्राम पाइन्छ । – पिस्ता २८ ग्राम पिस्तामा १५९ क्यालोरी शक्ति पाइन्छ । ५.७२ ग्राम प्रोटिन, ७ ग्राम कार्बोहाइड्रेड, १२.८५ ग्राम फ्याट र ३ ग्राम फाइबर पाइन्छ । यसबाहेक पनि यसमा फस्फोरस, कपर, भिटामिन बी, मिनेरल्सजस्ता पोषक तत्त्व पाइन्छ । – सुकेको नरिवल एक सय ग्रामको सुकेको नरिवलमा ७.५ ग्राम प्रोटिन, २५ ग्राम कार्बोहाइड्रेड, १८ ग्राम फाइबर र ६५ ग्राम फ्याट पाइन्छ । – किसमिस भिजाएको आधा गिलास किसिमिसमा १०८ क्यालोरी शक्ति पाइन्छ । यसबाहेक १ ग्राम प्रोटिन, २९ ग्राम कार्बोहाइड्रेड, १ ग्राम फाइबर, २१ ग्राम चिनीको मात्रा पाइन्छ । यसबाहेक किसमिस फलाम, पोटासियम, कपर, भिटामिन बीको पनि राम्रो स्रोत हो । – काजु काजुमा कार्बोहाइड्रेड, चिल्लो पदार्थ, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम लगायतका तत्त्व पाइन्छ । यसबाहेक सोडियम, जिंकजस्ता पदार्थ पनि पाइन्छ । – मिस्री १०० ग्राम मिस्रीमा २१८ क्यालोरी शक्ति पाइन्छ । फ्याट ११ ग्राम, ट्रान्स फ्याट शून्य ग्राम, सोडियम २३ मिलिग्राम र कोलेस्ट्रोल ४.६ मिलिग्राम पाइन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्