न्युजिल्यान्ड र अफगानिस्तानको खेल रद्द

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ— आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२मा न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदान बुधबार दिउँसो तय भएको खेल भारी वर्षाको कारण रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् । यस बराबरीसँगै समूह ए मा रहेको न्युजिल्यान्ड दुई खेलबाट तीन अंक जोड्दै शीर्षस्थानमा छ । एक अंक बनाएको अफगानिस्तान अन्तिममा छ । बुधबार नै भएको आयरल्यान्ड र इङ्ल्यान्डको खेललाई पनि वर्षाले विथोलेको थियो । उक्त खेलको नतिजा आयरल्यान्डको पक्षमा गएको थियो । आयरल्यान्डले ङ्ल्यान्डलाई डकवर्थ लेविस प्रणालीका आधारमा पाँच रनले हराएको थियो । एजेन्सी
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्