उच्च शिक्षाका लागि प्रशिक्षक युगल अमेरिका लागे

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक युगल किशोर राई संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । उच्च शिक्षा हासिल गर्न युगल अमेरिका पुगेको एन्फा पूर्वसदस्य मधुसूदन उपाध्यायले बताए । ‘अध्ययन र व्यक्तिगत प्रयोजनका लागि अमेरिका प्रस्थान गरेका हुन्,’ राष्ट्रिय टोलीका पूर्व व्यवस्थापक समेत रहेका उपाध्यायले भने । राई मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । राईले गत वर्ष एएफसी कोचिङ ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । गत असोज ११ गते नेपालले बङ्गलादेशले मैत्रीपूर्ण खेल खेल्दा राई सहायक प्रशिक्षक थिए । एन्फा स्रोतका अनुसार राई सम्भवतः अमेरिकामै रहनेछन् । घरेलु फुटबलमा भने राईले ए डिभिजन क्लब हिमालयन शेर्पा, बी डिभिजन क्लब बासबारी क्लब र फ्रेन्चाइज धनगढी एफसीमा मुख्य प्रशिक्षकसँग आवद्ध थिए । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलमा राई धनगढी एफसीसँग आवद्ध भएका थिए । खेलाडीको रुपमा राईले न्युरोड टिम एनआरटी, रानिपोखरी कर्नर टिम आरसिटी, मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिसबाट खेलेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्