क्रिकेट: विश्वकपमा दुई खेल 

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – आइसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदै छन् । पहिलो खेलमा बङ्गलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान पौने १० बजे सुरु हुनेछ । दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ । समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो । यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अङ्क जोडेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्