विश्वकप टी २०ः पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । भारत र पाकिस्तानबीच द्दिपक्षीय सिरिज नभएको वर्षौं भइसकेको छ । यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरूमा मात्रै खेल्दै आएका छन् । जसअनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो । भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए । विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई(दुई विकेट लिए । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्