सुपर १२ का खेल आजदेखि हुँदै

बुधबार, मंसिर ७, २०७९
काठमाडौं-टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् । सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन् । खेल सिड्नीमा दिउँसो पौने १ बजे सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ । खेल दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । यसअघि हिजो भएका खेलमा जिम्बावे समूह ‘बी’ को विजेता र आयरल्यान्ड उपविजेता बन्दै सुपर १२ मा पुगेको छ । त्यस्तै समूह ‘ए’ बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड तथा समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्