नेभिगेशन
समाचार

पार्टीले टिकट नदिएपछि खड्काले दिइन् जिल्ला इन्चार्जबाट राजीनामा

काठमाडौँ - नेकपा माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले आफूलाई पार्टीले टिकट नदिएको भन्दै राजीनामा दिएकी छन्। मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि टिकट वितरणमा आफूलाई टिकट नदिइ अर्कोलाई टिकट दिएको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।

दोलखाको प्रतिनिधिसभाको टिकटलाई लिएर पार्टी नेतृत्वले गलत निर्णय गरेको भन्दै खड्काको दाबी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाबाट प्रतिनिधिसभा सदस्यको टिकट पोलिटव्युरो सदस्य गंगा कार्की ‘विश्व’लाई दिएपछि खड्काले राजीनामा दिएकी हुन् ।

कार्की र खड्का नाताले साली भेना हुन् । उनीहरु गत स्थानीय निर्वाचनको टिकट विवरणको विषयलाई लिएर सार्वजनिक स्थलमै विवाद गर्ने गरेका थिए । खड्काले जिल्ला इञ्चार्जबाट राजीनामा दिएको पत्र पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएकी छन्।

खड्का पूर्वमन्त्री पनि हुन्। पारिवारिक नाता भए पनि २ जनाबीच पार्टीमा द्वन्द्व थियो। टिकट लिएका कार्कीले पार्टी निर्माणमा असहयोग गरेको, आफ्ना निर्णयमा सार्वजनिक विरोध गरेको लगायत विषयमा उनी असन्तुष्ट थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार