नेभिगेशन
समाचार

गजुरेल भन्छन्, मेरो टिकट खोसियो, राजनलाई भोट माग्न कसरी सकिन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबाल गजुरेलले आफ्नो टिकट खोसिएको कारण आफूले पार्टीको उम्मेदवार लेखनाथ दाहाल ‘राजन’लाई भोट माग्न नसेकेको बताएका छन् । उनले आफ्नो टिकट खोसिएको भन्दै पार्टीको उम्मेदवारलाई भोट माग्न जान नसक्ने बताएका छन् ।

पार्टीको तर्फबाट टिकट दिने समितिमा गजुरेल आफै थिए । ‘२२ गते बेलुकासम्म मेरै नाममा रहेको टिकट एकाएक कसरी र किन खोसियो, यो जानकारी र चित्तबुझ्दो जवाफ थाहा नपाई कसरी चुनाव प्रचारमा खटिन सकिन्छ ?’ गजुरेलले भने।

०७४ सालमा सिन्धुली २ बाट उनले चुनाव जितेका थिए। अहिले उनले निर्वाचन जितेको क्षेत्रबाट लेखनाथ दाहाल ‘राजन’ पार्टीको तर्फबाट उम्मेदवार भएका छन् । दाहाल र गजुरेलको स्थानीय तहको निर्वाचनमा टिकट बाँटफाँड हुँदा पनि मन मिलेको थिएन ।

उनले आफूले टिकट नपाएपछि पार्टी अध्यक्ष प्रचण्डलाई असहमति पत्र बुझाएका छन् । साथै उनले पार्टीको पदाधिकारी बैठक बोलाएर आफूलाई टिकट नदिएको विषयमा अध्यक्षले कारण चित्तबुझ्दो कारण दिनुपर्ने माग गरेका छन् ।

गजुरेलले अध्यक्षलाई बुझाएको असहमति पत्रको सम्बोधन नभए र टिकट वितरणप्रति चित्तबुझ्दो जवाफ नपाए उनी चुनावमा खटिन संभावना कम रहेको उनी निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार