नेभिगेशन
समाचार

प्रचण्डलाई गजुरेलले भने, ‘मैले टिकट नपाउनुको कारण थाहा होस्’

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको टिकट वितरणबारे जानकारी दिन पदाधिकारी बैठक बोलाउन माग गरेका छन्।

सिन्धुली क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहेका गजुरेललको नाम अन्तिम समयमा काटिएपछि उनी असन्तुष्ट छन्। आफ्नो भागमा परेको टिकट खोसेर लेखनाथ दाहाललाई दिएपछि उनले असहमति पत्र बुझाएका छन्।

सो पत्र पाएपछि अध्यक्ष प्रचण्डले भेट्न बोलाएको र त्यसबेला आफूले पदाधिकारी बैठक राखेर उम्मेदवारी चयनबारे सार्वजनिक जानकारी दिन माग गरेको उनले बताए। उनको प्रस्तावमा प्रचण्ड सहमत छन्।

असोज ३१ गते विहान प्रचण्डलाई खुमलटार निवास पुगेर छलफल गरेको उनले बताए। गजुरेलले बुझाएको असहमति पत्र अध्यक्षबाहेक अरु नेताहरुलाई नदिएको पनि बताए ।

अहिलेसम्म प्रचण्डले गजुरेलको भूमिका के हुने खुलाएका छैनन्। ०७४ सालमा सिन्धुली २ बाट उनले चुनाव जितेका थिए। गजुरेललेले टिकट वितरणको प्रक्रिया, उम्मेदवार छनोट मापदण्ड सबैले थाहा दिन अध्यक्षलाई सुझाव दिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार