नेभिगेशन
समाचार

मेरै सल्लाहमा प्रभु साहले एमालेको टिकट फ्यालेर स्वतन्त्र उम्मेदवारी दिएको हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटबाट स्वतन्त्र उम्मेदवार उठेका एमालेका पूर्वपोलिटव्यूरो सदस्य प्रभु साहलाई स्वतन्त्र उम्मेदवारको रुपमा उठाएको दाबी गरेका छन् । एक टेलिभिज अन्तर्वार्तामा उनले साहले स्वतन्त्र उम्मेदावरी दिने विषयमा आफूसँग सल्लाह गरे अनुसार नै काम भएको दाबी गरेका छन् ।

उनले साहसँग आफूले सल्लाह गरेको र उम्मेदावरी दिएको बताएका छन् । साहले उम्मेदावरी दिएको रौतहट–३ मा माओवादीले आफ्नो उम्मेदवारलाई निष्कृय बनाएको छ । पूर्वमाओवादी साह माओवादी र एमाले मिलेर बनेको नेकपा विभाजन पछि एमालेमै रहेरका थिए । उनलाई एमालेले टिकट पनि दिएका थिए । तर, अन्तमा उनले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार