नेभिगेशन
खेलकुद

५ हजार मिटरमा एपीएफका पार्कीलाई स्वर्ण

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्।

कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते।

एपीएफका पार्कीले निर्धारित दुरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे। दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० रह्यो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद