नेभिगेशन
समाचार

निर्वाचन धेरै खर्चिलो र भड्किलो भयाे : नेता श्रेष्ठ

काठमाडौँ— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखाबाट सबैभन्दा बढी मतान्तरले विजयी गराउने बताएका छन् । माओवादीको बागमती प्रदेश समन्वय समितिले बुधबार यहाँ आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा उनले विगतमा माओवादी अध्यक्ष दाहालले युवा अवस्थामा गोरखामा अध्यापन गराएको र जनयुद्वको केन्द्रीय कमिटी बैठक एवम् यसको प्राविधिक तयारी यहीबाट सुरु भएकाले उपलब्धी हुने उनको भनाइ छ । नेता श्रेष्ठले भने, “गठबन्धनको जटिलता र सीमा हामीलाई थाहा छ । तर, पूरा उत्साहका साथ सिट बाँडफाँड गरेर गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अगाडि बढ्न सहमति भएको छ ।” अहिलेको चार दलीय गठबन्धन बाध्यात्मक परिस्थितीको उपज भएको नेता श्रेष्ठले बताए । निर्वाचन धेरै खर्चिलो एवम् भड्किलो बन्दै गएको भन्दै उनले प्रगतीशील, समाजवादी संस्कृति ह्रास भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार