नेभिगेशन
खेलकुद

महिला भलिबलमा एपीएफ बन्यो च्याम्यिन

पोखरा–विभागीय टोली एपीएफले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा स्वर्ण पदक जितेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै स्वर्ण पदक जितेको हो । गलकोटमा पहिलो सेट २५–१९ ले जितेको एपीएफले दोस्रो सेटमा ३०–२८ को जित निकाल्यो । तेस्रो सेटमा भने पुलिसले जित निकालेको थियो । पुलिसले तेस्रो सेट २४–२६ ले जित्दा चौथो सेटमा एपीएफले २५–१९ ले जित निकाल्यो । पुलिस क्लबले रजत पदक जितेको छ । महिला भलिबलमा बागमती प्रदेशले कास्य पदक जितेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद