नेभिगेशन
समाचार

मनाङमा मात्र ३ उम्मेदवार

मनाङ–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा हिमाली जिल्ला मनाङमा सबैभन्दा कम ३ जना उम्मेदवार छन्। १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र पनि मनाङ रहेको छ । मनाङमा कुल ६ हजार ७७९ मतदाता छन् । २०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ २ हजार १६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङ १ हजार ९१९ मत ल्याएर हारेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार