४ सय मिटरमा आर्मीका थारुलाई स्वर्ण

बुधबार, मंसिर ७, २०७९

पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते। एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्ड टाइमिङ सहित कास्य जिते ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्