५ हजार मिटर दौडमा सन्तोषी श्रेष्ठलाई स्वर्ण

बुधबार, मंसिर ७, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण जितेकी छन् । बाग्मती प्रदेशकी श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी हुन्। उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो ।

सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । यसअघि १० हजार मिटरमा पनि सन्तोषीले राजपुरालाई नै पछि पार्दै स्वर्ण जितेकी थिइन्।

सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् ।

नेपाल पुलिसकी राजपुराले १७ मिनेट १२.०५ सेकेण्डमा पूरा गर्दै रजत जितिन् भने त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेण्डमा पूरा गर्दै कास्य जितिन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार