पुलिसको महिला क्रिकेटलाई डेब्यु खेलमै स्वर्ण

बुधबार, मंसिर ७, २०७९
पोखरा–नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । प्रतियोगिता खेलेको पहिलो पटक नै पुलिसले स्वर्ण जितेको हो । मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पोखरा क्रिकेट मैदानमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्