पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मीले बनाए स्थान

बुधबार, मंसिर ७, २०७९
पोखरा–वैकल्पिक खेलाडी सुदिल रार्ईको गोलमा त्रिभुवन आर्मी क्लबले मंगलबार गण्डकी प्रदेशलाई १–० ले हराउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा त्रिभुवन आर्मीले ५८ औँ मिनेटमा सुदिलले गोलबाट अग्रता लिएको थियो । सुदिलको त्यही गोल आर्मीको जितमा निर्णायक बन्यो । सुदिल २४ औँ मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए । आर्मीले समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ र दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराएको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार