सफ्ट टेनिसमा एपीएफ र पुलिसले जिते स्वर्ण

बुधबार, मंसिर ७, २०७९
पोखरा–पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेलीको जोडीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा स्वर्ण पदक जितेका छन् । मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश –१ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । पोखरा रंगशालामा भएको खेलमा पुरुष युगलमा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कास्य पदक जितेका छन् । महिला युगलमा एपीएफ क्लबका भगवती बिक र समृद्धि महर्जनको जोडीले लुम्बिनी प्रदेशहरुका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० ले हराएर स्वर्ण जितेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार