नेभिगेशन
समाचार

बझाङमा ५६ मतदानस्थल अति संवेदनशील

बझाङ–४ मङसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि बझाङमा ५६ मतदानस्थल अति संवेदनशील तोकिएको छ । १३५ मध्ये ५६ मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गीकरण गरिएको छ । जिल्लामा जम्मा १८४ मतदान केन्द्र तोकिएको छ । यस्तै जिल्लामा १ लाख २२ हजार ३ ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए । जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन् । गत स्थानीय तहको चुनावमा १८४ मतदान केन्द्र र १३३ मतदानस्थल रहेका थिए । आगामी चुनावका लागि जिल्लामा ४ वटा मतदानस्थलको स्थान परिवर्तन भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउँदै जनशक्ति व्यवस्थापनका लागि तथ्यांक माग गरेको बताए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार जिल्लामा चुनावको सुरक्षालाई मध्यनजर गर्दै ११ हजार ८८ जना म्यादी प्रहरी छनोट गरिएको छ । मतदानस्थलगत रूपमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनको भनाइ छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार