नेभिगेशन
समाचार

झाक्रीलाई बागी उम्मेदवार भुसालको समर्थन

काठमाडौं । गुल्मी क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा.दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको भुसालले बताए । उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले डाक्टर दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे ।

डाक्टर भुसालको उम्मेदवारी फिर्ताले आफूहरुको जीत सुनिश्चित भएको गुल्मी क्षेत्र नम्बर २ का गठबन्धनकी साझा उमेदवार रामकुमारी झाँक्रीको भनाइ छ । डाक्टर भुसाललाई धन्यवाद दिदै नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी फिर्ताले उत्साह छाएको बताए ।

जिल्लाका ६ वटै सिटको जित सुनिश्चित भएको उनले दावी गरे । क्षेत्र नम्बर १ देखि अन्य सबै सिट जित्ने तर क्षेत्र नम्बर २ मा भुसालको बागी उम्मेदवारीले मुस्किल ठानेको गठबन्धनलाई अब जित्छौ भन्ने मनोबल बढाएको गठबन्धन दलका नेताहरुको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार