नेभिगेशन
समाचार

प्रचण्डसँग राप्रपा नेपालका पदाधिकारीको भेट

काठमाडौं । राप्रपा नेपालका ५ पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान उनीहरुले प्रचण्ड निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका हुन् ।

केही पहिलामात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका ५ पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राप्रपाका सहमहामन्त्री बस्नेत सहित उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएका थिए ।

सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरुले प्रचण्डलाई राजनीतिक सहयोग गर्ने पनि बचन दिएका छन् ।

यस्तै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै परिवर्तनको बाहक शक्तिलाई जिताउन आग्रह समेत गरेको सोही भेटमा सहभागी माओवादी नेताले जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट एमालेको सूर्य चिह्नबाट चुनाव लडेका छन् । थापा आफ्नै चुनाव क्षेत्रबाट चुनाव लड्दा देशभर राप्रपा नेपालको गतिविधि शून्य भएको कार्यकर्ता तहबाटै गुनासो सुनिएका बेला पार्टीका ५ भाइ पदाधिकारी खुमलटार पुगेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार