नेभिगेशन
समाचार

बेलायतकी प्रधानमन्त्रीले मागिन् माफी

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले माफी मागेकी छिन् । उनले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी हुन्।

ट्रसले सोमबार स्थानीय सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै सबै गल्तीको माफि माग्ने तर पद नछोड्ने बताइन् ।

नागरिकहरूलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर निर्णय गरेको उनले स्पष्ट पारिन्। नागरिकलाई सघाउने गरी निर्णय गरिए पनि त्यो अलि तीब्र गतिमा गरिँदा गलत सावित भएको उनको स्वीकारोक्ति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार