नेभिगेशन
समाचार

जरिमाना नतिर्ने ४३९ जना उम्मेदवारको उम्मेदवारी रद्द गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले ४३९ जना समानुपातिक उम्मेदवारको उम्मेदवारी रद्द गर्ने तयारी थालोको छ । स्थानीय तहमा उम्मेदवार हुँदा आचारसंहिता उल्लङ्घन गरेको जरिमाना नबुझाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा रहेका ४३९ जना उम्मेदवारले कात्तिक ५ गतेसम्म जरिमाना नबुझाए उम्मेदवारी रद्द गर्ने जनाएको छ ।

उनीहरलाई ५ कात्तिकसम्ममा जरिमाना बुझाउन आयोगले अल्टिमेटम दिएको छ। आगामी शनिबारसम्म जरिमाना नबुझाए समानुपातिक उम्मेदवारी कायम नरहने आयोगले जनाएको छ। समानुपातिकको बन्द सूचीमा परेका ४३९ जनाले आयोगले तोकेको जरिमाना बुझाएका छैनन्।

दलहरूले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन गत २२ असोजमा बन्द सूची पेस गरेका थिए।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका १ लाख २३ हजार ६५० जनाले आयोगलाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिमाना तिर्न बाँकी छ। जरिमाना नतिर्ने उम्मेदवारको नाम बन्द सूचीबाट हटाइने आयोगले जनाएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फका केही उम्मेदवारहरूले भने आयोगले तोकेको जरिमाना बुझाएर उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई गत ३१ भदौभित्र खर्च विवरण बुझाउन आयोगले समयसीमा तोकेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार