निर्वाचनमा लमजुङमा साढे २ हजार सुरक्षाकर्मी परिचालन हुने

बिहीबार, मंसिर १, २०७९
लमजुङ–प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लमजुङमा २ हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । लमजुङमा २ हजार ३७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६१२ जना, नेपाली सेना ४६०, सशस्त्र प्रहरी १९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन् । लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित १३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित १८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा १ लाख ३३ हजार ५५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता रहेका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्